नियम ६५
धरौटी जफत गर्ने
(१) कुनै काम गर्न धरौटी वा जमानत राख्नु पर्ने भई राखिएको धरौटी वा जमानत त्यस्तो काम पूरा नगरेको कारणले प्रचलित कानून बमोजिम वा करारको शर्तनामा बमोजिम जफत गर्नु पर्ने भएमा कार्यालय प्रमुखले निर्णय गरी त्यस्तो धरौटी वा जमानतको रकम जफत गर्नु पर्नेछ ।
(२) नियम ६६ बमोजिम धरौटी रकम फिर्ता पाउने व्यक्तिबाट सरकारी बाँकी कुनै रकम असूल उपर गर्नु पर्ने भएमा त्यस्तो रकम निजले फिर्ता पाउने धरौटी रकमबाट कटृा गरी असूल उपर गर्न सकिनेछ ।
(३) उपनियम (१) र (२) बमोजिम जफत वा कटृा भएको रकम राजश्व खातामा दाखिला गर्नु पर्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिम जफत वा कटृा गरिएको जानकारी धरौटी राख्ने सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।